बुधबार, भदौ १०, २०८३

बँदेल मार्न थापेको करेन्ट लागेर दाजुभाइको मृत्यु

काठमाडौं– जंगली जनावर बँदेल मार्न मकैबारीमा थापेको करेन्ट लागेर दाङमा दुई दाजुभाइको मृत्यु भएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– जंगली जनावर बँदेल मार्न मकैबारीमा थापेको करेन्ट लागेर दाङमा दुई दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१ हर्नौकका १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावत छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार करेन्ट लागेर उनीहरुका बुवा ३७ वर्षीय दिलबहादुर रावत घाइते भएका छन्।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बँदेलले मकै खाएर हैरान तुल्याएपछि मार्न भनेर करेन्टको धराप थापेका थिए।

आइतबार बेलुकी थापेको धरापमा बँदेल परेको छ कि भनेर सोमबार हेर्न जाँदा उक्त घटना घटेको हो।

‘सुरूमा तेजबहादुरले धराप हेर्न पुगेछन्। उनलाई करेन्ट लागेपछि तान्न गएका वीरबहादुरलाई पनि करेन्ट लागेछ,’ डिएसपी खड्काले भने, ‘दुबै दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ।’

खड्काका अनुसार दुबै छोरा करेन्ट लागेर लडेपछि आत्तिँदै अगाडि बढेका दिलबहादुरलाई पनि करेन्ट लागेको थियो । उनी भने बाँच्न सफल भएका छन्।

 

प्रकाशित: Aug 03, 2020| 12:38 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।