बुधबार, भदौ १०, २०८३

इनफ इज इनफका अभियन्ता ई: अस्पताल भर्ना

इनफ इज इनफका अभियन्ता ईः अस्पताल भर्ना भएका छन्।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– इनफ इज इनफका अभियन्ता ईः अस्पताल भर्ना भएका छन्।

विगत १७ दिनदेखि काठमाडौंको वसन्तपुरमा सत्याग्रहमा बसेका अभियन्ता ईः लाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अभियन्ता आलोक सुवेदीले नेपाल समयलाई जानकारी दिए।

ईःलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे छ। अभियन्ता ईःले अस्पतालबाटै सत्याग्रह जारी राख्ने भएका छन्। कोरोनाका नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै उनी अनशन बसेका हुन्।

पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिन बस्न उचित प्रबन्ध मिलाउनुपर्ने लगायत माग राखी उनी सत्याग्रहमा बसेका छन्।

ईः ले यसअघि पाटनमा १२ दिनसम्म अनशन बसेपछि स्वास्थ्य मन्त्रालय र अभियन्ताबीच १२ बुँदे सहमति भएको थियो। सम्झौतापछि उनले सत्याग्रह स्थगित गरेका थिए। तर सम्झौता कार्यान्वयन नभएपछि उनी फेरि सत्याग्रहमा बसेका हुन्।

प्रकाशित: Aug 03, 2020| 12:38 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।