बुधबार, भदौ १०, २०८३

सिन्धुपाल्चोकमा पहिरोबाट एकै रातमा १० जनाको मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा आइतबार राति गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा आइतबार राति गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ।

मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनाकै शव भेटिएकाे छ भने पाँचपोखरी थाङपाल गाउँपालिका–२, बरुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ।

मेलम्चीमा कभर्डहल निर्माणमा खटिएका कामदार बसेको घर आइतबार राति आएको पहिरोले पुरेको थियो। पहिरोमा परेर ९ जना बेपत्ता भएकोमा एक जनाको जीवितै उद्धार गरिएको थियो।

बाँकी ८ जनाको बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

मृत्यु हुनेमा वीरगन्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन्।

भारतीय नागरिक बारु साहको जीवितै उद्धार गरिएको एसपी महर्जनले जानकारी दिए।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाकाे बरुवामा पहिरोले घर पुर्दा एक दम्पतीको मृत्यु भएको छ।

राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी पत्नी लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 03, 2020| 12:08 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।