बुधबार, भदौ १०, २०८३

ओली–दाहालबीच अझै जुटेन सहमति

पार्टीभित्रको विवाद मिलाउन सत्तारूढ नेकपाका शीर्ष नेताबीच सोमबार बिहान भएको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– पार्टीभित्रको विवाद मिलाउन सत्तारूढ नेकपाका शीर्ष नेताबीच सोमबार बिहान भएको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ।

शीर्ष नेताबीच बालुवाटारमा भर्खरै सम्पन्न छलफलमा दुवै पक्ष आआफ्नो अडानमा रहेकाले ठोस सहमति जुट्न नसकेको स्रोतले बतायाे। यद्यपि नेताहरूले छलफल सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता झलनाथ खनाललाई लिएर सोमबार बिहान अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

अध्यक्ष दाहाल र ओलीबीच आइतबार भएको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आजको छलफल सकिएको जानकारी दिए। उनले भने, ‘नेताहरूबीच छलफल सकिएको छ। केही सहमति भएको छैन।’

छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी थिए।

बैठकमा दाहाल र वरिष्ठ नेता खनालले पार्टीभित्र देखिएको विवाद स्थायी कमिटीको बैठकबाटै टुंगोमा पुर्याउनुपर्ने र त्यसका लागि तत्काल बैठक अघि बढाउनुपर्ने बताएका थिए।

ओलीलाई भेट्नुअघि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो। दाहाल र ओलीबीच भोलि पनि छलफललाई निरन्तरता दिने सहमति भएको छ।

 

प्रकाशित: Aug 03, 2020| 11:49 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।