बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा लगातार पाँचौं दिन ५० हजारभन्दा बढी संक्रमित थपिए

भारतमा लगातार पाँचौं दिन ५० हजारभन्दा बढी संक्रमित थपिए

भारतमा लगातार पाँचौं दिन कोरोना भाइरसका ५० हजारभन्दा बढी संक्रमित थपिएका छन्।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

भारतमा लगातार पाँचौं दिन कोरोना भाइरसका ५० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा त्यहाँ ५२ हजार ९७२ जना कोरोना संक्रमित थपिएका छन्। त्यसैगरी ७७१ जनाको मृत्यु भएको छ।

पछिल्ला ४ दिनमा पनि त्यहाँ दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिएका थिए।

१५ दिनयता भारतमा कोरोना संक्रमितको दैनिक संख्या बढ्दो क्रममा छ। यद्यपि, त्यहाँ रिकभरी रेट पनि बढी नै छ।

भारतमा अहिलेसम्म १८ लाखभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ। यीमध्ये ११ लाख ८६ हजार संक्रमणमुक्त भइसकेका छन्।

५ लाख ७९ हजार भने सक्रिय संक्रमित छन्। अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी कोरोना संक्रमित भारतमा नै छन्।

कोरोनाका कारण भारतमा अहिलेसम्म ३८ हजार १३५ जनाको मृत्यु भइसकेको छ।

मृत्युका हिसाबले भारत अमेरिका, ब्राजिल, मेक्सिको र बेलायतभन्दा पछाडि छ। तर इटाली, फ्रान्स, स्पेन र इरानलाई भने पछि पारिसकेको छ।

प्रकाशित: Aug 03, 2020| 11:14 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।