रौतहट- रौतहटको इशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको मृत्यु भएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा आज (सोमबार) बिहान बाटैमा उनको मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएकाले उनको मृत्यु कोरोनाको कारण भएको हुनसक्ने आशंका गरिएको छ । मृतक वडाध्यक्षको कोरोना परिक्षणका लागि स्वाव निकालिएको छ ।
ठाकुरमा कोरोना संक्रमणको लक्षण देखिएकाले उनको परिवारका सबै सदस्यको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिए ।
मृतक वडाध्यक्ष केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए। रक्तचाप र मधुमेह (प्रेसर र सुगर)को समस्या भोग्दै आएका थिए ।