बुधबार, भदौ १०, २०८३

मेलम्ची पहिरो अपडेट : ५ जनाको शव भेटियो, ३ अझै बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ मा पहिरो पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव भेटिएको छ ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मा पहिरो पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव भेटिएको छ।

तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर आइतबार राति आएको पहिराेले पुरेकाे थियो। पहिरोमा परेर ९ जना बेपत्ता भएकोमा भारतीय नागरिक बारु साहको जीवितै उद्धार गरिएकाे छ।

अन्य ८ जनामा वीरगन्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी छन्।

उनीहरुमध्ये ५ जनाको शव भेटिएको छ भने बाँकी ३ जनाको खोजी भइराखेको एसपी महर्जनले जानकारी दिए।

प्रकाशित: Aug 03, 2020| 10:02 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।