बुधबार, भदौ १०, २०८३

आज पनि ओली-दाहाल छलफलमा, सहमति जुट्ने नेताहरुको दाबी

६ दिन लामो संवादहिनता तोड्दै आइतबार छलफलमा जुटेका सत्तारुढ नेकपाका दुई अध्यक्ष आज पुनः छलफलमा बसेका छन् ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं- ६ दिन लामो संवादहिनता तोड्दै आइतबार छलफलमा जुटेका सत्तारुढ नेकपाका दुई अध्यक्ष आज पुनः छलफलमा बसेका छन् ।

अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केहिबेरअघिबाट बालुवाटारमा छलफल सुरु भएको हो । हिजो (आइतबार) भएको तीन घण्टा लामो छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि दुई अध्यक्ष आज पुनः छलफलमा जुटेका हुन् ।

हिजोको बैठक सकारात्म दिशातर्फ गएकाले आजको बैठक सहमति जुट्न सक्ने नेता सुवासचन्द्र नेम्वाङले बताए । उनका अनुसार पार्टी देखिएको समग्र विवाद टुङ्ग्याउने, एकता बलिायो बनाउने, स्थायी समिति बैठक अघि बढाउनेलगायतका समग्र विषयमा सहमतिको खोजी भइराखेको छ ।

हिजोको बैठकमा दुबै जनाले एक अर्काका यसअघिका अभिव्यक्तिहरु प्रति आपत्ति जनाउनेदेखि प्रचण्डको नेतृत्वमा साउन १३ गते बसेको स्थायी कमिटी बैठकको आधिकारितासम्मका विषयमा कुरा उठाएका थिए।

हिजोको बैठकमा पनि प्रचण्डले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु आग्रह गरेका थिए भने ओलीले राजीनामा नदिने अडान दोहोर्या‍एका छन्।

बैठकमा पार्टीको एकता महाधिवेशनको मिति तोक्ने, पार्टीमा लामो समयदेखि जारी विवाद अन्त्य गर्नेलगायतका विषय उठे पनि ठोस निस्कर्ष निस्किन सकेन।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएका थिए। तर, ओली पद नछाड्ने अडानमा रहेपछि विवाद लम्बिँदै गएको छ।

प्रकाशित: Aug 03, 2020| 09:03 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।