आइतबार, असोज ११, २०८३

बागलुङमा पहिरोले १३ घरपरिवार विस्थापित

बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् ।

पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ ।

पहिरोले खारा बजारका अन्य सात घर पनि उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् ।

जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि नौ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।

“प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ”, उनले भने, “जोखिम पछि पूर्ववत् सजगता अपनाउनु पर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिक स्थलमा बस्न भनेका छौँ ।”

निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिरोले पनि स्थानीय आजित छन् ।

ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् ।

शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो । अहिले विस्थापित परिवार छिमेकीको सहयोगमा आश्रयमा लिएर बसेका छन् ।

अलि ठूलो वर्षा हुन साथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताउनुभयो । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ ढोरपाटन खण्ड अवरुद्ध भएको छ ।

प्रकाशित: Aug 03, 2020| 08:26 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।