काठमाडौं- अविरल वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको मेलम्चीमा नौ जना पुरिएका छन्।
पहिरोमा मेलम्ची बजार नजिकै घरमा सुतिरहेका ९ जना पुरिएको सांसद शेरबहादुर तामाङले जनाएका छन्। उनका अनुसार एक जनाको उद्धार गरिए पनि आठजना बेपत्ता छन्।
स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन्। पहिराेमा पुरिएकामध्ये ५ जना तराइ मूलका मजदुर रहेकाे बताइएकाे छ।