आइतबार, असोज ११, २०८३

सत्ता पक्ष र विपक्षी सांसदबीच संसद् बैठकमै भनाभन

प्रदेश नं ५ को प्रदेशसभामा सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच भनाभन भएको छ ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

प्रदेश नं ५ को प्रदेशसभामा सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच भनाभन भएको छ ।

रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेशसभामा प्रवेश पाएपछि दुई पक्षबीच भनाभन भएको हो ।

प्रदेशसभाको विशेष समयमा बोल्दै विपक्षी दल नेपाली काँग्रेसकी प्रदेशसभाका सदस्य पुष्पा थरुनीले धर्म, संस्कृतिको संरक्षणका लागि जनताको अधिकार कुल्चन खाजेको जिकिर गर्दै पवित्र धार्मिकस्थल मानिएको अन्त्येष्टीस्थललाई शुद्धोधन गाँउपालिकाले जर्बजस्ती हटाउन खोजेको आरोप लगाइन्।

प्रदेशसभाका सदस्य तुलसी चौधरीले राजनीतिक व्यक्तिबाहेक शिक्षक कृष्णप्रसाद चौधरीसमेत तोडफोडमा संलग्न रहेकाले विभागीय कारबाहीको माग गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बनेको उल्लेख गरिन् । उनले घटना हुन लागेको विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिँदादिँदै पनि नियोजित रुपमा पार्कको तोडफोड भएकाले प्रजिअमाथि पनि प्रश्न उठाउन आवश्यक भएको बताइन्।

चौधरीले विकास निर्माणको काम देख्न नसकेकाले नेपाली काँग्रेसले बाँदरे प्रवृत्ति देखाएको आरोप लगाउँदै पालिकाको गुरुयोजनानुसार पार्क निर्माण भएको बताइन् । सो पार्क प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको थियो । पार्कको लागत रु एक करोड ३० लाख रहेको छ ।

प्रदेशसभाका सदस्य तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्र भासिएको अवस्थामा रहेको उल्लेख गर्दै राजमार्गका कारण बुटवलसँग गुल्मी, अर्घाखाँची र पाल्पाको सम्पर्क विच्छेद हुने सम्भावना देखिएको बताए । उनले पाल्पाको तिनाउ गाउँपालिकामा रहेको खानी क्षेत्रमा जाने पहुँच मार्ग लापरबाही ढङ्गले निर्माण भएको बताउँदै सडकको व्यवस्थापनमा प्रदेश सरकारको ध्यानाकर्षण गराए।

प्रदेशसभाका सदस्य तिलकराम शर्माले विसं ०७१ सालदेखिका बाढीपीडितले राहत नपाएको उल्लेख गर्दै बाढी र डुबानको समस्यालाई सरकारले प्राथमिकता दिन आवश्यक भएको बताए । प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले किसानका लागि रासायनिक मलको स्थायी समाधान खोज्न आग्रह गर्दै मलका कारण धानको उत्पादनमा ह्रास आउने सम्भावना भएको बताए ।

प्रकाशित: Aug 03, 2020| 05:20 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।