आइतबार, असोज ११, २०८३

दाहालले आफू निकटका नेतालाई भने– ओलीको अडान कायमै छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका बारेमा आफू निकटका नेतालाई ब्रिफिङ गरेका छन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका बारेमा आफू निकटका नेतालाई ब्रिफिङ गरेका छन्।

आइतबार दिउँसो करिब ३ घण्टा बालुवाटारमा ओलीसँग छलफल गरेका दाहालले खुमलटार फर्केर वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेतालाई ब्रिफिङ गरेका हुन्।

६ दिनपछि ओलीसँग भेटवार्ता गर्न पुगेका दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनालसमेत थिए।

‘उहाँले आजको छलफलमा पनि आफ्नो पूर्ववत अडान कायमै राख्नुभएको छ,’ दाहालको भनाइ उधृत गर्दै खुमलटार स्रोतले भन्यो, ‘भोलि फेरि छलफल गर्ने सहमति भएको छ।’

ओलीले आजको छलफलमा आफूले कुनै पनि पदबाट राजीनामा नदिने बरु महाधिवेशनमा जान सकिने कुरा दोहो¥याएका थिए।

बालुवाटारमा दिउँसो भएको छलफलमा अध्यक्ष दाहाल र वरिष्ठ नेता खनालले दुईमध्ये एकपद छोड्न ओलीलाई आग्रह गरेका थिए। ओलीले राजीनामा बाहेकका विकल्पमा अघि बढ्न सक्ने आफ्नो अडान दोहो¥याएका थिए।

ओली र दाहाल–नेपाल समूह आ–आफ्नो अडानबाट टसमस नहुँदा नेकपा भित्रको विवाद समाधानतर्फ केन्द्रीत हुन सकेको छै्रन।

असार १० गते शुरु भएको नेकपा स्थायी कमिटीको बैठक असार १६ गतेदेखि निरन्तर अवरुद्ध हुँदै आएको छ।

साउन १३ गतेका लागि तय गरिएको बैठक ओलीले एकलौटी स्थगित गरेपछि दाहाल–नेपाल समूह आक्रोशित छ।

त्यसदिन यता दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन्। ६ दिनपछि आज भएको संवादमा पनि दुवै पक्ष पुरानै अडानमा रहेपछि सहमतिको आधार तय हुन नसकेको नेताहरुले बताएका छन्।

भोलि पनि दुई अध्यक्षले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्बाङलाई राखेर छलफल गर्ने तयारी गरेका छन्।

विवादकैबीच दाहाल–नेपाल समूहका १५२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने माग राखेर हस्ताक्षर बुझाएका छन्।

विधानतः २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको एक महिनाभित्र बैठक बोलाउनुपर्ने हुन्छ। तर, ओली र दाहाल–नेपाल समूहबीच सहमति नहुँदासम्म बैठक बस्ने सम्भावना कम देखिन्छ।

प्रकाशित: Aug 02, 2020| 22:22 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।