आइतबार, असोज ११, २०८३

पर्सामा ३ सुरक्षाकर्मीसहित ३८ जनामा कोरोना पुष्टि

पर्सामा थप ३८ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला प्रहरी कार्यालयका २ जना र नेपाली सेनाका १ जनासहित ३८ जनामा कोरोना पुष्टि भएको हो।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

वीरगंज- पर्सामा थप ३८ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला प्रहरी कार्यालयका २ जना र नेपाली सेनाका १ जनासहित ३८ जनामा कोरोना पुष्टि भएको हो।

आज वीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुरमा मात्रै ४ महिला सहित २७ जना संक्रमित भेटिएका छन्। शनिबार पनि सबैभन्दा बढी गहवा, वडा नम्बर ६, ८ र श्रीपुर–११ संक्रमित थपिएका थिए।

यसैगरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४६ वर्षकै २ जना कोरोना पोजेटिभ देखिएको छ। श्रीपुर मेनरोडमा रहेको नेपाली सेनाका ३५ वर्षीय एक जवानमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

थपिएका संक्रमितमध्ये वडा नम्बर १० घडिअर्वा, वडा नम्बर १५ भिस्वा, वडा नम्बर ४ विर्ता र सखुवा प्रसौनीका एक/एक जना छन्।

त्यस्तै ईटयाही- ५ बाराका एकजना र महागढीमाई नगरपालिका बाराका एक जना रहेको नारायणी अस्पतालले जानकारी दिएको छ।

प्रकाशित: Aug 02, 2020| 20:15 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।