बुधबार, चैत ११, २०८२

त्रिभुवन विश्वविद्यालयमा लगाइएकाे ताला खाेल्न आदेश

उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा ताला लगाइएको विषयमा साेमबार विपक्षीका नाममा कारण देखाऊ आदेश गरेको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा लगाइएकाे ताला खाेल्न आदेश दिएकाे छ।

National life

अदालतले त्रिवि केन्द्रीय कार्यालय तथा सचिवालयमा तालाबन्दीजस्ता अवरोधजन्य कार्य नगर्न नगराउन आदेश दिएको हाे।

न्यायाधीश रामबहादुर थापाको इजलासले छलफलका लागि दुवै पक्षलाई साउन २३ गते बोलाउने आदेश अदालतका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए।

त्रिविका विभिन्न माग सम्बोधन हुन नसकेको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, सेवा आयोग, शिक्षाध्यक्ष, रजिस्टार, मानविकी तथा सामाजिक शास्त्र संकायको कार्यालयमा ताला लगाएका छन्।

आदेशमा भनिएको छ, ‘दुवै पक्षबीच छलफल गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निक्र्योल गर्न २३ गतेको पेसी तोकी दुवै पक्षलाई सूचना दिनू।’

Laxmi sunrise bank
kumari

तालाबन्दी हुँदा विश्वविद्यालका शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधि प्रभावित भएको भन्दै वन विज्ञान अध्ययन संस्थानका उपनियन्त्रक महेश्वरमान श्रेष्ठ र इन्जिनियरिङ अध्ययन संस्थानका शाखा अधिकृत गणेशलाल श्रेष्ठले रिट दायर गरेका थिए।

प्रकाशित: Aug 02, 2020| 19:15 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्