धनगढी– कोरोना संक्रमितको संख्या बढेपछि बझाङको थलारा गाउँपालिका–५ का तीन गाउँ सिल गरिएको छ।
शनिबार एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि थलाराका दुवाली, ठाडागाउँ र सार्कीगाउँ सिल गरी निषेधाज्ञा जारी गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
क्वारेन्टिनबाट घर फर्किएका १० जनामा संक्रमण भएपछि गाउँका सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ।
बझाङकै केदारस्यू गाउँपालिका–६ र ७ का वडालाई पनि साउन १९ गते राति १२ बजेदेखि सिल गर्ने निर्णय गरिएको छ। ती दुई गाउँमा शुक्रबार र
शनिबार गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित सबै क्वारेन्टिनबाट घर फर्किएपछि कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमितको संख्या बढेको भन्दै कैलालीको भीमदत्त नगरपालिकाले वडा नम्बर–१३ शनिबार रातिदेखि एक साताका लागि सिल गरेको छ।
शनिबार सो वडाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।