बिहीबार, कात्तिक २७, २०८२

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।
 |  आइतबार, साउन १८, २०७७

भीम चौधरी

भीम चौधरी

आइतबार, साउन १८, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।

National life

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा दार्चुलाका एक जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दुई सय ३८ जनामा भएको कोरोना परीक्षणमा कैलालीका २२ र बैतडीका एक गरेर २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Laxmi sunrise bank
kumari

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ अनुसार पछिल्लो २४ घण्टामा कैलालीको बर्दगोरिया गाउँपालिका–५ का तीन महिला र पाँच पुरुष गरी आठ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका–५ का दुई पुरुष, जोशीपुर गाउँपालिका–१ का एक पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै, धनगढी उपमहानगरपालिकाका–३ र ५ का एक÷एक जना पुरुष, घोडाघोडी नगरपालिका–१ र गोदावरी नगरपालिकाका एक÷एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । बर्दगोरिया गाउँपालिकामा फेला परेका आठ जनामध्ये एक वर्षीय बालिकासमेत छिन्।

संक्रमण पुष्टि भएकामध्ये तीन हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 02, 2020| 17:37 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।