बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘इनफ इज इनफ’ का ई: लाई भेट्न पुगे कांग्रेस वरिष्ठ नेता पौडेल

‘इनफ इज इनफ’ का ई: लाई भेट्न पुगे कांग्रेस वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका अभियान्ता ‘ई’ लाई भेटेका छन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका अभियान्ता ‘ई’ लाई भेटेका छन्।

केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुका साथ सत्याग्रहस्थल बसन्तपुर पुगेर आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले ‘ई’ सँग भेट गरेका हुन्।

भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पुर्ण समस्याको जड भ्रष्टाचार भएको बताए। उनले नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै सरकारको हेलचक्र्याईविरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानका आफू र आफ्नो पार्टीको साथ रहेको बताए।

नेता पौडेलले सरकारलाई अटेरी सरकारको संज्ञा दिए। उनले पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनसन बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको पनि बताए।

पौडेलले भने, ‘जनताको स्वास्थ्यसंग जोडिएको सामान्य विषयमा अनसन बस्दा पनि नसुन्ने भनेको साच्चै नै अटेरी सरकार हो। पीसीआरको दायरा बढाउ, क्वारेन्टाइन व्यवस्थित होस् भनेको छ। अति नै समान्य र अति नै आवश्यक मागहरु लिएर उहाँहरु अनसन बस्नु नै दुर्भाग्यपूर्ण कुरा हो।’

उनले अनसनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए।

पौडेलले १६ दिनसम्म अनसन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही भएको बताए।

अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन्। यसअघि उनी पहिलो पटक ललितपुरको पटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।

प्रकाशित: Aug 02, 2020| 17:20 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।