बुधबार, भदौ १०, २०८३

आरडीटी परीक्षण बन्द गर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश, स्थानीय तथा अस्पतालहरुलाई जानकारी गराएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश, स्थानीय तथा अस्पतालहरुलाई जानकारी गराएको छ।

हालसम्म कोरोना संक्रमितको पहिचानका लागि प्रयोग गरिँदै आएको आरडीटी किटको प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो।

आरडीटी किटबाट हालसम्म ३ लाख १२ हजार ४०२ नमुनाहरु परीक्षण गरिएको छ। आरडीटी परीक्षण राेक्नेबारे गत साउन १० गते नै मन्त्रालयस्तरीय निर्णय भएकाे थियाे।

मन्त्रालयले देशका विभिन्न स्थानका अस्पतालमा आकस्मिक सेवासहित अन्य सेवाहरु प्रभावित भएकाले उचित व्यवस्थापन गरी सेवा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड-१९ प्रभावित विरगञ्ज र जनकपुरमा स्वास्स्थ्य सेवा विभागका आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली परिचालित गरेको छ।

अन्य स्थानमा पनि उच्चस्तरीय टोली परिचालन गरिएको प्रवक्ता गौतमले बताए।

मन्त्रालयले कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले ६० वर्षमाथिका वृद्धवृद्धा तथा १२ वर्ष मुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह पनि गरको छ।

प्रकाशित: Aug 02, 2020| 17:05 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।