बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपति क्षेत्रमा जात्रा सञ्चालनका लागि १० करोडको अक्षय कोष

पशुपति क्षेत्रमा जात्रा सञ्चालनका लागि १० करोडको अक्षय कोष

पशुपति क्षेत्रमा सञ्चालन हुने मुख्य जात्रा तथा पर्वका लागि १० करोडको अक्षय कोष स्थापना हुने भएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– पशुपति क्षेत्रमा सञ्चालन हुने मुख्य जात्रा तथा पर्वका लागि १० करोडको अक्षय कोष स्थापना हुने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार पशुपति क्षेत्रको लागि प्रस्तावित गुरुयोजनाका विषयमा आयोजित छलफल कार्यक्रममा अक्षय कोष स्थापना गर्ने जानकारी गराएका हुन्।

कोषमा पाँच करोड पशुपति क्षेत्र विकास कोषको हुने र बाँकी रकम काठमाडौं महानगरपलिकाका तर्फबाट जम्मा गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

मन्त्री भट्टराईका अनुसार पशुपतिमा वर्षमा मुख्य नौ वटा जात्रा तथा पर्व हुने गरेका छन्।

त्यस्तै पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनालाई विस्तृत अध्ययन गरी अन्तिम प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ।

कार्यदलमा मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख प्रदीप कोइराला, सहसचिव तथा योजना महाशाखा प्रमुख कमल भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम छन्।

कोषको प्रस्तावित गुरुयोजनाका बारेमा मन्त्रालयले आज स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागितामा छलफल गरेको छ।

छलफलमा सहभागीको धारणा सुनिसकेपछि मन्त्री भट्टराईले गुरुयोजनाका सन्दर्भमा सबै पक्षसँग परामर्श गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमासहित कार्यदल घोषणा गरेका हुन्।

मन्त्री भट्टराईले सरकारले तोकेको कार्यदेशभित्र रहेर कोषले गतिविधि सञ्चालन गरिरहेको बताउँदै पशुपतिका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वलाई ओझेलमा पार्ने खालका कुनै काम नहुने बताएका छन्।

२०४३ सालमा सरकारले तोकेको चार किल्लालाई आधार बनाएर कोषले गुरुयोजना बनाएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘त्यो चार किल्लाभित्र पनि केही ‘कोर’ क्षेत्र छ, त्यसलाई मानव बस्तीरहित बनाउनै पर्छ।’

जथाभावी संरचना निर्माण गर्दा मौलिकता गुम्नै भन्दै मन्त्री भट्टराईले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व जोगाउने जिम्मेवारी सबैको साझा कर्तव्य भएको बताए।

प्रकाशित: Aug 02, 2020| 16:57 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।