काठमाडौं- इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकाश पोख्रेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गर्दा सेवाग्राहीसँग ६५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका पोख्रेलविरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
रकम भुक्तानीका लागि पोख्रेलले दुःख दिएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा उनलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ।