बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा २७ जना संक्रमित थपिए

 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

विराटनगर– प्रदेश १ मा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ ।

प्रदेश १ बाट आईतबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २१ पुगेको छ ।

प्रदेश १ मा आईतबार १ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र २२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Aug 02, 2020| 16:50 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।