धनगढी– सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७१५ पुगेको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २३८ जनामा भएको कोरोना परीक्षणमा कैलालीका २२ सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्वर ५ का तीन महिला र पाँच पुरुष गरी आठ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का दुई पुरुष, जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै, धनगढी उप–महानगरपालिकाका दुई पुरुष, घोडाघोडी नगरपालिका वडा नम्वर १ र गोदावरी नगरपालिकाका एक–एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । बर्दगोरीया गाउँपालिकामा फेला परेका आठ जनामध्ये एक बर्षीय बालिका समेत छिन् ।
सुदूरपश्चिममा संक्रमण पुष्टि भएका तीन हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौ जनाको मृत्यु भईसकेको छ ।