बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज कर्णाली प्रदेशमा थपिएनन् संक्रमित, डिस्चार्ज पनि शून्य

आज कर्णाली प्रदेशमा थपिएनन् संक्रमित, डिस्चार्ज पनि शून्य

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका कुनै पनि जिल्लामा कोरोना संक्रमित थपिएनन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका कुनै पनि जिल्लामा कोरोना संक्रमित थपिएनन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुनै पनि प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएनन्।

कर्णाली प्रदेशमा ५ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ। प्रदेशमा कुल १ हजार ९३९ जनामा कोरोना पुष्टि भएकोमा हाल २११ सक्रिय संक्रमित छन्।

अहिलेसम्म १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। पछिल्लो २४ घण्टामा भने कुनै पनि अस्पतालमा रहेका बिरामी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छैनन्।

प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 02, 2020| 16:45 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।