बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वृद्धवृद्धा र बालबालिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वृद्धवृद्धा र बालबालिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका वृद्धवद्धा र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका वृद्धवद्धा र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरको छ।

कोरोना भाइरसको जोखिम बढेका कारण बालबालिका र वृद्ध उमेरका व्यक्ति बढी सचेत हुनुपर्ने भन्दै मन्त्रालयले सकेसम्म घरमै बस्न आग्रह गरेको हो।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको दर बढ्दो भएकाले समाजिक दूरी कायम राख्न, मास्कको प्रयोग गर्न र अनावश्यक काममा बाहिर ननिस्कन आग्रह गरे।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको दर बढेको छ। हालसम्म ७२ प्रतिशत कोरोना संक्रमणमुक्त भइसकेका छन्।

प्रकाशित: Aug 02, 2020| 16:35 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।