बुधबार, भदौ १०, २०८३

काठमाडौं उपत्यकामा कोरोनाका ३१ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार कोरोना भाइरसका ३१ जना संक्रमित थपिएका छन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं उपत्यकामा आज आइतबार कोरोना भाइरसका ३१ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्ठामाउपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २२ जना, भक्तपुरका १ जना र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो शनिबार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा देशभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ८६१ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २४६ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या २० हजार ३३२ पुगेको छ।

हाल देशभरका क्वारेनिन्टनमा १० हजार ९३४ जना छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट कोरोनामुक्त भएर १११ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ छ।

 

प्रकाशित: Aug 02, 2020| 16:30 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।