काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ८६१ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २४६ जनामा कोरोना पुष्टि भएको हो।
यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या २० हजार ३३२ पुगेको छ।
हाल देशभरका क्वारेनिटनमा १० हजार ९३४ जना रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट कोरोनामुक्त भएर १११ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ।
गत साउन १० गतेदेखि काठमाडौं प्रवेशका मुख्य द्वार नागढुंगा, साँगा र फर्पिङमा १० हजार ७२८ जनाको नमुना संकलन गरिएको र विभिन्न प्रयोगशालामा परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
केही दिनयता कोरोना संक्रमण दर बढे पनि निको हुने दर पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ।
निको भएकामध्ये झण्डै ८० प्रतिशतमा कुनै पनि समस्या नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।