देशभर कोरोना भाइरसका ५,६७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २५१ जना, २ मा २,१७५, बागमतीमा ६०६, गण्डकी प्रदेशमा २८७ जना, प्रदेश ५ मा ३९६ जना, कर्णालीमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १,६६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा देशभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ८६१ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २४६ जनामा कोरोना पुष्टि भएको हो।
यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या २० हजार ३३२ पुगेको छ।
हाल देशभरका क्वारेनिन्टनमा १० हजार ९३४ जना छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट कोरोनामुक्त भएर १११ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ छ।