बुधबार, भदौ १०, २०८३

कारागारबाट फरार कैदी १० महिनापछि पक्राउ

मकवानपुरमा कारागारबाट फरार रहेका एक कैदीलाई १० महिनापछि प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- मकवानपुरमा कारागारबाट फरार रहेका एक कैदीलाई १० महिनापछि प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा भिमफेदी कारागारमा २० वर्षको कैद सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका –७ का २५ वर्षीय कुलदिपराज धामीलाई प्रहरीले पक्राउ गरेको हो।

धामीलाई कञ्चनपुरबाट चितवनतर्फ आउने क्रममा नवलपुरको देवचुली नगरपालिका–१६ रहजरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) शुशिलसिंह राठौरले जानकारी दिए।

धामीले २०७१ सालमा चितवनमा २१ वर्षीय रोजिन गुरुङलाई हत्या गरेका थिए। उनलाई बाँकी सजाए भुक्तानीका लागि आइतबार नै भिमफेदी कारागार पठाइएको एसपी राठौरले बताए।

धामी गत कार्तिक ३० गते कारागारबाट भागेका थिए।

प्रकाशित: Aug 02, 2020| 15:27 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।