बुधबार, भदौ १०, २०८३

अनियमितता छानविनको माग गर्दै बेलका नगरपालिका घेराउ

काठमाडौं– स्थानीय जनप्रतिनिधि र कर्मचारीले गरेको अनियमितताबारे सत्यतथ्य छानविनको माग गर्दै उदयपुरको बेलका नगरपालिका घेराउ गरिएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– स्थानीय जनप्रतिनिधि र कर्मचारीले गरेको अनियमितताबारे सत्यतथ्य छानविनको माग गर्दै उदयपुरको बेलका नगरपालिका घेराउ गरिएको छ।

उपमेयरले भनेअनुसार अनियमितता छानविनको माग गर्दै विपक्षी नेपाली कांग्रेससहितको गठबन्धनले आइतबार नगरपालिका घेराउ गरेको हो। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरीसहित दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

टाउको र खुट्टामा चोट लागेका उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक रामचन्द्र शाहले प्रदर्शनकारीहरुले नगरपालिकाको गेटभित्र छिर्न खोज्दा दोहोरो झडप भएको बताए।

‘आन्दोलनकारीबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले बल प्रयोग गरेको हो,’ शाहले भने, ‘दुबैतिर केही घाइते भएका छन्।’

एक हजारभन्दा बढीको संख्यामा जम्मा भएका आन्दोलनकारी नगरपालिका अगाडि प्रदर्शन गरिरहेका छन्। दुवै पक्षका नेता–कार्यकर्ता भेला भएकाले इलाका प्रहरी कार्यालय रामपुरलाई स्थिति नियन्त्रणमा लिन धौधौ परेको छ।

साउन पहिलो साता नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनामाको घोषणा गरेयता विपक्षी दलहरु आन्दोलित बनेका छन्।

साउन ११ गते चौधरीले विज्ञप्ति निकालेर आत्मआलोचना गर्दै राजीनामा नगर्ने बताइसकेकी छन्। कांग्रेसका युवा नेता लवराज अधिकारीले स्थानीय सरकार र नेकपाले उपमेयरलाई थमथमाएर भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेकोले विरोधमा उत्रिएको बताए।

जनप्रतिनिधि र कर्मचारीमाथि भ्रष्टाचार आरोप लागिरहँदा नगरप्रमुख दुर्गाकुमार थापाले आफूनिकट वडाध्यक्षको नेतृत्वमा छानविन समिति गठन गरी ढाकछोप गर्ने प्रयास गरेको उनले आरोप लगाए।

निष्पक्ष छानबिनको माग गर्दा मेयर दुर्गाकुमार थापाले उल्टै नेकपाका कार्यकर्ता ल्याएर प्रतिवाद गर्न खोजेको अधिकारीले आरोप लगाए।

उपमेयर चौधरीले राजीनामाको घोषणा गरेपछि विपक्षी चार दलले साउन ९ गते संयुक्त विज्ञप्ति प्रकाशित गरी अनियमितताबारे सत्यतथ्य छानविनको माग गरेका थिए।

मेयरले आफूहरुका मागप्रति कुनै चासो नदेखाएपछि विरोध प्रदर्शनमा उत्रिएको विपक्षी दलहरुले जनाएका छन्।

यो पनिः भ्रष्टाचार सहनै नसकेर राजीनामा घोषणा गरें : उपमेयर चौधरी (अन्तर्वार्ता)

 

प्रकाशित: Aug 02, 2020| 15:21 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।