बुधबार, भदौ १०, २०८३

ओली–दाहालबीच तीन घण्टा लामो छलफल सकियो

६ दिन लामो संवादहीनता तोड्दै सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज करिब तीन घण्टा छलफल गरेका छन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– ६ दिन लामो संवादहीनता तोड्दै सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज करिब तीन घण्टा छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु साक्षी राखेर दुई अध्यक्षले छलफल गरेका हुन्। पार्टीमा देखिएको विवाद समाधान कसरी गर्ने भन्ने विषयमै केन्द्रित रहेर दुई अध्यक्षबीच छलफल भएको स्रोतले बतायो।

‘छलफल सकारात्मक÷नकारात्मक भन्दा पनि दुई अध्यक्षबीच छलफल सुरु भएको छ,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘थप छलफल अघि बढ्नेछ।’

दुई अध्यक्षबीच १३ साउनदेखि छलफल रोकिएको थियो। ‘दुई अध्यक्षले नेताहरु साक्षी राखेर आजको छलफल गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘तर, सकारात्मक दिशातर्फ अघि बढे÷नबढेको भने केही खुलेको छैन।’

ओली र दाहालले छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेललाई पनि सहभागी गराएका थिए।

बिहान १० बजे सुरु भएको छलफल दिउँसो १ बजे सकिएको थियो।

१३ साउनमा बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले एकलौटी रुपमा स्थगित गरेपछि दाहाल–नेपाल समूह आक्रोशित बनेको थियो।

बैठक स्थगित गरेपछि दाहालले वरिष्ठ नेता झलनाथ खनालसहित ओलीसँग केहीबेर छलफल गरेका थिए।
त्यसपछि दाहालले आफ्नो अध्यक्षतामा स्थायी कमिटी बैठक गरेका थिए। ओली पक्षले भने त्यसलाई दाहाल–नेपाल समूहको भेला भएको भन्दै आएको छ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएका थिए। तर, ओली पद नछाड्ने अडानमा रहेपछि विवाद लम्बिँदै गएको छ।

प्रकाशित: Aug 02, 2020| 13:53 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।