बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रम अधिकृत प्रेम सञ्जेलमाथि कुटपिट गर्नेलाई अभद्र व्यवहारको मुद्दा

श्रम अधिकृत प्रेम सञ्जेलमाथि कुटपिट गर्नेलाई अभद्र व्यवहारको मुद्दा

विराटनगरस्थित श्रम तथा सामाजिक सुरक्षा कार्यालयका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने महिला कर्मचारीलाई अभद्र व्यवहारको कसुरमा कारबाही हुने भएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

विराटनगरस्थित श्रम तथा सामाजिक सुरक्षा कार्यालयका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने महिला कर्मचारीलाई अभद्र व्यवहारको कसुरमा कारबाही हुने भएको छ।

सञ्जेलमाथि शनिबार कार्यकक्षमै कुटपिट गर्ने दुई महिला कर्मचारी नेत्रा भट्टराई र मेनुका कोइरालामाथि अभद्र व्यवहारमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले सञ्जेलले दिएको जाहेरीअनुसार अभद्र व्यवहारमा मुद्दा दर्ता भएको जानकारी दिए।

दुवै महिलालाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहार कसुरको अनुसन्धानका लागि म्याद थप गर्न लगिएको खड्काले बताए।

ड्युटी खटाउने विषयमा विवाद हुँदा करार सेवाका महिला कर्मचारीले सञ्जेलमाथि कुटपिट गरेको खुलेको छ। सञ्जेलले पुरुष कर्मचारी सरह महिला कर्मचारीलाई पनि काममा खटाउन खोजेपछि आक्रमण भएको बुझिएको खड्काले बताए।

अभद्र व्यवहार कसुरमा प्रहरीले कसुर हेरेर १५ दिनसम्म हिरासतमा राखी प्रशासनमा मुद्दा बुझाउन सक्ने व्यवस्था छ।

प्रकाशित: Aug 02, 2020| 13:34 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।