बुधबार, भदौ १०, २०८३

सुदूरपश्चिममा जनैपूर्णिमाकाे सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिइएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

धनगढी – सुदूरपश्चिम प्रदेशमा जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिइएको छ।

रक्षाबन्धन पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले रक्षाबन्धन पर्वमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भएको बताए।

२०७७ सालका सार्वजजिक बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ।

उनका अनुसार संघीय सरकार मातहतका कार्यालयमा समेत बिदा हुनेछ।

साउन १९ गते रक्षाबन्धन, भदौ ७ गते पर्ने थारु समुदायको अटबारी पर्व, पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने भुवा पर्व र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।

प्रकाशित: Aug 02, 2020| 13:22 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।