बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट विदेशमा १ सय ८९ नेपालीको मृत्यु, भारतमा मात्रै २५ जना

कोरोनाबाट विदेशमा १ सय ८९ नेपालीको मृत्यु, भारतमा मात्रै २५ जना

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय ८९ नेपालीको मृत्यु भएको छ ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय ८९ नेपालीको मृत्यु भएको छ ।

यो साता मात्रै थप २८ जना नेपालीको मृत्यु भएसँगै कोरोनाबा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ८९ पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

उसका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र मृत्युदर पनि बढीरहेको एनआरएनएले जनाएको छ।

अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ दिल्लीमा कार्यरत डा सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टि यो साता भएको हो।

यस्तै यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। यहि साता साउदी अरबमा पनि २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

प्रकाशित: Aug 02, 2020| 12:04 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।