बुधबार, भदौ १०, २०८३

६ दिनपछि ओली-दाहाल फेरि वार्तामा

६ दिन लामो संवादहीनता तोड्दै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- ६ दिन लामो संवादहीनता तोड्दै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीसमेत रहेका ओलीसँग एक्लै भेट नगर्ने बताएका अर्का अध्यक्ष दाहालले वरिष्ठ नेता झलनाथ खनाललाई साथै लिएर बालुवाटार पुगेका छन्।

बिहान १० बजेदेखि जारी छलफलमा ओली, दाहाल र खनालसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल पनि सहभागी रहेकाे बालुवाटार स्राेतले जनाएकाे छ।

ओलीले साउन १३ गते निर्धारित स्थायी कमिटी बैठक एकलौटी रुपमा स्थगित गरेको भन्दै दाहाल आक्रोशित बनेका थिए। त्यसपछि दुई अध्यक्षबीच भेटवार्ता रोकिएको थियो। यसबीचमा दुई अध्यक्षबीच संवाद गराउन महासचिव विष्णु पौडेललगायतका नेता सक्रिय थिए।

स्थायी कमिटी सदस्यहरुको दबाबपछि दाहाल आज बालुवाटार पुगेका हुन्।

जारी छलफलमा स्थायी कमिटी बैठकअघि बढाउने, पार्टीमा उत्पन्न विवाद समाधान गर्नेलगायतका विषयमा कुराकानी भइरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। दुई अध्यक्षबीच प्याकेजमै सहमति खोज्ने विषयमा पनि छलफल भएको छ ।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएका थिए। तर, ओली पद नछाड्ने अडानमा रहेपछि विवाद लम्बिँदै गएकाे छ।

प्रकाशित: Aug 02, 2020| 11:39 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।