काठमाडौं– गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ। प्रदेशमा आइतबार थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ सय पाँच पुगेको हो।
पछिल्लोपटक संक्रमित हुनेमा तनहुँमा दुई, स्याङ्जामा आठ, लमजुङमा तीन, बाग्लुङमा एक, कास्कीमा ६ जना छन्। प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार २४५ पुगेको छ।