बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डडेलधुरामा जिप दुर्घटनामा आठ जना घाइते, चारको अवस्था गम्भीर

डडेलधुरामा जिप दुर्घटनामा आठ जना घाइते, चारको अवस्था गम्भीर

डडेलधुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७, पोखरा खानेपानी मोड नजिकै जिप दुर्घटना भएको हो।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

धनगढी- डडेलधुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७, पोखरा खानेपानी मोड नजिकै जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १११५५ नम्बरको जिप दुर्घटना भएको हो।

जिप अनियन्त्रित भइ सडकभन्दा करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताए।

दुर्घटनाका घाइते बझाङको केदारस्यूँ गाउँपालिका ४, बागथलाका ३२ वर्षीय विभु प्रकाश भट्ट, ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल, १२ वर्षीय विवेक मल्ल छन्।

यस्तै, सोही ठाउँका ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल र बझाङकै बङ्गल नगरपालिका ४ का जिप चालक ३२ वर्षीय अम्मर बिक पनि घाइते भएका प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रकाशित: Aug 02, 2020| 10:26 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।