बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४४ हजार १ सयभन्दा धेरै संक्रमित थपिएका छन् भने ५ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४४ हजार १ सयभन्दा धेरै संक्रमित थपिएका छन् भने ५ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक महिनामा झनै तिब्र गतिमा फैलिएको कोरोनाबाट एकै दिनमा २ लाख ८९ हजारभन्दा धेरै संक्रमित थपिएको रेकर्ड छ ।

जुलाई २४, २९ र ३१ मा यतिको ठूलो संख्यामा संक्रमित थपिएका थिए । विश्वभरका सरकारहरुले लकडाउन खोल्दै गएसँगै संक्रमणदर ह्वात्तै भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता ब्यक्त गरेको छ ।

उसले विश्वका देशहरुलाई कोरोना झनै फैलिने र अझै विकृत रुप देखाउने भन्दै सचेत हुन अपिल गर्दै आएको छ ।

जोनहपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म १ करोड ७७ लाख ५९ हजार ३ सयभन्दा धेरै संक्रमित भएका छन् भने ६ लाख ८२ हजार ८ सय ५५ जनाको मृत्यु भएको छ ।

संक्रमित र मृतक सबैभन्दा बढि अमेरिकामा छन् । जहाँ ४६ लाख १७ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ५४ हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा २७ लाख ७ हजार ८ सयभन्दा धेरै संक्रमित हुँदा ९३ हजार ५ सय ६३ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १६ लाख ९५ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् भने ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित कतिको मृत्यु ?

देश संक्रमित मृत्यु
अमेरिका ५७,७१८ १,१०२
ब्राजिल ४२,५७८ १,०४८
भारत ५४, ८६५ ८५२
कोलम्बिया १०, ६७३ २२५
दक्षिण अफ्रिका १०,१०७ १४८

मेक्सिको

८,४५८ ६८८

 

प्रकाशित: Aug 02, 2020| 06:38 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।