पर्सामा ५ वर्षिय बालक र १४ महिलासहित ४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
यसअघि वीरगन्ज महानगरपालिका वडा नम्बर ६ र ८ मा सबैभन्दा धेरै संक्रमित देखिएकोमा अहिले वडा नम्बर ११ श्रीपुरमा मात्रै १६ जना र वडा नम्बर ४ विर्ता र भगवती टोलमा १५ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी वडा नम्बर २५ ड्राइपोर्टमा ५ जना, श्रीपुर १३ मा ४ जना, मनियारी, छपकैया, निर्मलवस्ती, सखुवा प्रसौनी लगायत ठाउँमा एक एक जना संक्रमित थपिएका छन् । नयाँ संक्रमित मध्ये १४ जना महिला छन् ।