शनिबार, असोज १७, २०८३

मोटरहेडका बाइक नेपाली बजारमा

मोटरहेड मोटरसाइलको नेपालका लागि अधिकृत विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. (एसजी समूहको एक सहायक कम्पनी)ले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गरेर नेपालमा बिक्री गर्दै आएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– मोटरहेड मोटरसाइलको नेपालका लागि अधिकृत विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. (एसजी समूहको एक सहायक कम्पनी)ले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गरेर नेपालमा बिक्री गर्दै आएको छ।

एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपांग्रे बजारमा डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ। त्यस बाहेक कम्पनीले क्रसओभर र स्क्र्याम्बलर सेगमेन्टहरुलाई पनि लोकप्रिय बनाउन धेरै प्रयास गरेको छ। 

मोटरहेड बाइक नेपालको सबै भू–भागको लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, प्रशंसनीय पिक अप, पावर र आरामको लागि परिचित रहेको कम्पनीको दाबी छ। अहिले बजारमा ७ वटा मोडल उपलब्ध छन्, जसको मूल्य २ लाख ९५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म छ।

एसजी समूह सन् मा १९९६ मा शिवप्रसाद घिमिरेको अध्यक्षतामा स्थापित भएको थियो। यो समूहले निर्माण, ऊर्जा, एलपीजी ग्यास, सेवा, व्यापार, आतिथ्य, कृषि व्यवसाय, शिक्षा, मिडिया, बैंकिङ र निर्माण क्षेत्रमा व्यापार–व्यवसाय गरिरहेको छ।

एसजी समूह इटालियन मोटरसाइकल र स्कुटरको कम्पनी तारो मोटर्सको पनि आयातकर्ता हो।


प्रकाशित: Sep 19, 2021| 12:34 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्