बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रम कार्यालय मोरङका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीद्वारा कुटपिट

श्रम कार्यालय मोरङका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीद्वारा कुटपिट

मोरङको विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- मोरङको विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन्।

उपसचिव संजेलमाथि शनिबार बिहान कार्यकक्षमै करार सेवाका महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले करारमा कार्यरत दुई महिला कर्मचारीले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै कुटपिट गरेको बताए।

कार्यालय सहयोगी पदमा कार्यरत मेनुका सापकोटा र नेत्र भट्टराईले ड्युटीको विषयलाई लिएर सञ्जेलमाथि कुटपिट गरेको खुलेको एसपी खड्काले बताए।

सञ्जेलको टेबलमा रहेका पञ्चिङ् मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्रहार भएको प्रहरीको भनाइ छ। कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारमा चोट लागेको छ।

कुटपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले कुटपिट गरेको प्रहरीसमक्ष बताएका छन्।

एक कर्मचारीका अनुसार केही दिनअघि कार्यालयमा रहेको पानी तान्ने मोटर चोरी भएको थियो। सो घटनापछि कर्मचारीमाथि कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले चार जनामध्ये दुई जना कार्यालय सहायकहरुलाई आलोपालो गरी २४ घण्टाको ड्युटी खटाएका थिए।

सोही विषयमा सञ्जेलसँग कर्मचारीहरुको विवाद बढ्दै गएको ती कर्मचारीले बताए।

कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फालिदिनुका साथै कागजपत्र पनि च्यातेका प्रहरीले जनाएको छ।

दुबै पक्षलाई बोलाएर जिल्ला प्रहरी कार्यालयमा छलफल चलिरहेको एसपी खड्काले बताए।

सञ्जेलले श्रम कार्यालयमा कार्यरत करारका नायब सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबारदेखि काममा नआउन भनेका थिए।

प्रकाशित: Aug 01, 2020| 15:46 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।