बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३० सहित सुदूरपश्चिममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उक्त प्रयोगशालमा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छब्बीसपाथिभेराका तीन–तीन जना र मष्टा गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बझाङको मष्टा गाउँपालिकामा फेला परेकामा ६ वर्षीया बालिका र चार वर्षीय बालक रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै, थलारा गाउँपालिकामा फेला परेका १० जनामध्ये एक जना ९ वर्षीया बालिकासमेत रहेकी छिन्।

प्रकाशित: Aug 01, 2020| 15:25 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।