बुधबार, भदौ १०, २०८३

इनफ इज इनफका २० अभियन्ता गिरफ्तार

शान्तिपूर्ण प्रदर्शन गर्न बालुवाटार जाँदै गरेका ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले शनिबार पनि गिरफ्तार गरेको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- शान्तिपूर्ण प्रदर्शन गर्न बालुवाटार जाँदै गरेका ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले शनिबार पनि गिरफ्तार गरेको छ।

आफूसँग भएको सहमति कार्यान्वयनमा समेत सरकारले चाँसो नदेखाएको भन्दै प्रदर्शन गर्ने तयारीमा रहेका २० अभियन्तालाई शनिबार बालुवाटार नजिकबाट प्रहरीले गिरफ्तार गरेको हो।

गिरफ्तार हुनेहरुमा बिजयबाबु सिवाकोटी, शशिबिक्रम कार्की, पवन थापा, भावना रावत, आशिष राई, अधिवक्ता वृतान्त खनाल, नगेन्द्र देउजा, सिवी लामा, सरस्वती काफ्ले, मनिष श्रेष्ठ, नविन राई, विष्णुजंग बस्नेत, राज शिलवाललगायत छन्।

अभियन्ता आलोक सुवेदीले प्रदर्शन सुरु नहुँदै सडकमा हिँडिरहेकाहरुलाई अमानवीय ढंगले प्रहरीले गिरफ्तार गरेको बताए। गिरफ्तार गरिएकाहरुलाई मालीगाउँ प्रहरी चौकीमा राखिएको छ।

केहीलाई भने प्रदर्शनका क्रममा गिरफ्तार गरिएको छ। सामाजिक दूरीसहितका नियम पालन गरी गरिएको प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीको भनाई छ। ‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा छन्।

सत्याग्रहको १५ दिन हुँदा उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। सरकारले भने त्यसतर्फ कुनै चासो दिएको छैन।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको भन्दै झण्डै तीन महिनादेखि इनफ इज इनफ समूहले स्वतस्फुर्तरुपमा प्रदर्शन गर्दै आएको छ।

प्रकाशित: Aug 01, 2020| 15:02 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।