बुधबार, चैत ११, २०८२

डब्लुएचओले इमर्जेन्सी कमिटीको बैठक बोलायो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इमर्जेन्सी कमिटीको बैठक बोलाएको छ। विश्वभर कोरोना महामारीको ताजा अवस्थाबारे समीक्षा गर्न बैठक डाकिएको हो।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इमर्जेन्सी कमिटीको बैठक बोलाएको छ। विश्वभर कोरोना महामारीको ताजा अवस्थाबारे समीक्षा गर्न बैठक डाकिएको हो।

National life

कमिटीको ६ महिनाअघि बसेको बैठकले ‘वर्ल्ड हेल्थ इमर्जेन्सी’ घोषणा गर्ने निर्णय गरेको थियो। आज बस्ने बैठकमा कोरोना महामारी नियन्त्रणका लागि केके गर्न सकिन्छ भन्नेबारेमा छलफल हुने बताइएको छ। धेरैजसो वैज्ञानिकहरु कोरोना नियन्त्रणका लागि भ्याक्सिन नै एकमात्र उपाय भएको निष्कर्षमा पुगेका छन्।

गएको जनवरीमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस विश्वभर नै फैलिसकेको छ।

हालसम्म विश्वभर करिब १ करोड ७५ लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ। यीमध्ये ६ लाख ७७ हजारको मृत्यु भएको छ भने १ करोड ९ लाख संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Jul 31, 2020| 13:24 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्