बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ किलो नक्कली सुन काण्ड थप रहस्यमय : प्रहरी जवानले लुकाएको एक किलो सुन जस्तो धातु भेटियो

१५ किलो नक्कली सुन काण्ड थप रहस्यमय : प्रहरी जवानले लुकाएको एक किलो सुन जस्तो धातु भेटियो

महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत सादा पोशाकका घुमुवा एक जना प्रहरी जवानले लुकाएर राखेको एक किलो सनु जस्तो देखिने बस्तु फेला परेको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत सादा पोशाकका घुमुवा एक जना प्रहरी जवानले लुकाएर राखेको एक किलो सनु जस्तो देखिने बस्तु फेला परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सादा पोसाकका प्रहरी प्रशन्न श्रेष्ठले आफन्तको घरमा लुकाएको धातु फेला पारेको हो।

प्रशन्नका आफन्त उमेश श्रेष्ठको बागबजारस्थित घरबाट उक्त बस्तु फेला परेको हो।

यसबाट १५ किलो नक्कली सुन प्रकरण थप रहस्यमी बनेको छ । मंगलबार प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद गरेको भनेर सुचना दिएपनि पत्रकार सम्मेलन गर्ने क्रममा आधा किलो मात्रै सुन भएको र बाँकी चाँदी भएको बताइएको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले फ्याकेको झोला भेटेको नभइ गाडीमा सवार व्यक्तिले धातुको झोला दिएको खुलेको छ । सुन कमलादीबाट नभइ सुन्धाराबाट भेटिएको पनि प्रहरी अधिकारीले बताएका छन् ।

महानगरीय प्रहरी परिसरले यो घटना छानविनका लागि अनसुन्धान समिति गठन गरेको छ । 

प्रकाशित: Jul 31, 2020| 12:39 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।