बुधबार, भदौ १०, २०८३

हेडक्वार्टरका ७२ प्रहरीमा कोरोना, आजै १८ जना थपिए

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

आज (शुक्रबार) थप १८ जनामा कोरोना पुष्टि भएसँगै हेडक्वाटरमा संक्रमित हुने प्रहरीको संख्या ७२ पुगेको हो ।

संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक, सञ्चार शाखामा कार्यरत र मेसमा कार्यरत प्रहरीहरु रहेका छन् ।

संक्रमितहरु धेरैजसो सवारी चालक र सञ्चार शाखाका रहेका छन् । उनीहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालका भर्ना गरिएको छ ।

पहिले संक्रमित भएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टी भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

यो संगै देशभर कोरोना संक्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ ।

प्रकाशित: Jul 31, 2020| 11:44 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।