काठमाडौं– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४८५ पुगेको छ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण भएको छ।
आज संक्रमण हुनेमा तनहुँमा एकजना, म्याग्दीमा दुई जना र कास्कीमा तीन जना छन्।
संक्रमणबाट निको हुनेको संख्या एक हजार २४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।