बुधबार, भदौ १०, २०८३

स्वयम्भूमा बस पल्टियो, चालकको मृत्यु

काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बा ४ ख ५९८४ नम्बरको संयुक्त यातायातको बस ठूलोभर्‍याङ र हलचोक बीचको सडकमा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी २३/२४ वर्षको देखिए पनि मृतकको सनाखत हुन नसकेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी निरजन दत्त भट्टले जानकारी दिए।

उनका अनुसार राति करिब १ बजेको दुर्घटना भएको हो। पार्किङको लागि नयाँ बसपार्कतिर लैजाँदै गर्दा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

मृतक बसका चालक हुन् कि सहचालक हुन् भन्ने विषयमा अनुसन्धान भइराखेकाे डिएसपी भट्टले बताए । गाडीमा चालक एक्लै भएकाले दुर्घटनामा अन्य कोही घाइते भएका छैनन्।

प्रकाशित: Jul 31, 2020| 09:11 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।