बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा स्वास्थ्यकर्मीसहित थप ४६ जनामा कोरोना पुष्टि

पर्सामा स्वास्थ्यकर्मीसहित थप ४६ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी र १ जना सफाइकर्मीसहित पर्सामा थप ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

पर्सा- नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी र १ जना सफाइकर्मीसहित पर्सामा थप ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ सक्रमितहरु स्वास्थ्यकर्मीसहित कन्ट्याक ट्रेसिङ्गबाट स्वाब संकलन गरिएका, आफै शुल्क तिरेर परीक्षण गराएकाहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए।

उनका अनुसार संक्रमित मध्ये १३ जना आफै शुल्क तिरी परिक्षण गराउनेहरु रहेका छन् । उनीहरु स्थानीय विभिन्न औषधी उद्योगमा कार्यरत श्रमिक हुन् ।

संक्रमितहरु बढेसँगै अस्पतालमा विरामी राख्ने ठाउँको अभाव भएको डा उपाध्यायले बताए । एक सयभन्दा बढि विरामी बेड नपाएपछि होम आइसोलेशनमा छन् ।

५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको छ। संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै पर्सामा स्थानीय त्रसित भएका छन् भने चिकित्सकहरु चिन्तित बनेका छन् ।

प्रकाशित: Jul 31, 2020| 09:02 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।