काठमाडौं- नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य कुवेतमा नेपाली नागरिक प्रवेशमा रोक लगेको छ ।
कोरोनाको जोखिम बढ्दै गएको देशको सूचीमा नेपाललाई राख्दै कुवेतले नेपाली प्रवेशमा रोक लगाएको हो ।
अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक लगाएको छ ।
कुवेतले कोरोना महामारी सुरू भएपछि अन्तराष्ट्रिय हवाईसेवा बन्द गरेको थियो।