बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा कोरोनाबाट थप २ जनाको मृत्यु, दुवै जनाको मृत्युपछि आयो रिपोर्ट

वीरगन्जमा कोरोनाबाट थप २ जनाको मृत्यु, दुवै जनाको मृत्युपछि आयो रिपोर्ट

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

वीरगन्ज- पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइसाेलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो।

निमोनियाको जस्तै लक्षण देखिएर अस्पताल पुगेका उनको पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए।

ज्वरो आएपछि साउन ५ गते उनलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो। तराई हस्पिटलमा उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थिय।

प्रयोगशालाबाट राति साढे १० मात्रै उनको पोजिटिभ रिपोर्ट आएको थियो।

यस्तै वीरगन्ज महानगरपालिका-२ छपकैयाका ७० वर्षीय वृद्धको पनि बिहीबार नै मृत्यु भएको हो।

छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती वृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए। उनी बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए।

प्रहरी टोलीले घरको ढोका फोडेरभित्र पस्दा वृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए। उनको स्वाa संकलन गरेर स्वास्थयकर्मीले नारायणी अस्पतालमा पठाएका थिए। जसको रिपोर्ट राति १० बजे पोजेटिभ आएको हो।

योसँगै वीरगन्जमा मात्रै कोरोनाबाट १२ जनाको मृत्यु भएको छ भने देशभर मृतकको संख्या ५४ पुगेको छ।

प्रकाशित: Jul 31, 2020| 07:43 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।